चौलागाईंको निधनले पार्टीले एउटा क्रान्तिकारी नेता गुमायो : माधव नेपाल

एमाले नेता पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको छ। चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो।

चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद पनि हुन्। चौलागाईं दुई पटक प्रतिनिधि सभा सदस्य तथा दुई पटक एमालेको पोलिटब्युरो सदस्यमा निर्वाचित जनप्रिय नेता हुन् । चौलागाईं युवा संघका पुर्व अध्यक्ष समेत हुन् ।

नेता चौलागाईंको निधनले पार्टीले ठुलो क्षति भएको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् । उनले भने, ‘हाम्रो पार्टी (नेकपा एमाले) पोलिटव्युरो सदस्य, संविधानसभा सदस्य तथा बागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाइको कोरोना संक्रमण भई उपचारको क्रममा निधन भएको खवरले स्तब्ध छु । क्रान्तिकारी, निष्ठावान, सरल र इमान्दार नेता कमरेड पशुपति चौलागाईको निधनले पार्टीलाई अपुरणीय क्षति भएको छ । दु:खको यस घडिमा उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

चौलागाईंको निधनमा उप-प्रधानमन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री शंकर पोखरेल तथा एमाले नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले समबेदना प्रकट गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..