संसद भवनबाट निस्किएर कार्यालय उद्घाटन गर्ने पुगे माधव नेपाल

youth1617175759

youth1617175759

संसद बैठक सुरु नहुँदै एमालेको माधव नेपाल पक्षीय सांसदहरु सामूहिक रुपमा बाहिरिएका छन् । संसद बैठक सुरु नहुँदै माधव नेपाल पक्षीय सांसदहरु बाहिरिएपछि संसद भवनमा किन बाहिरिए ? भन्ने चर्चा सुरु भएको छ ।

एकाएक संसद बैठक सुरु नभई नेपाल पक्षीय सांसदहरु बाहिरिएको संसद भवनमा रहेका एक सांसदले बताए । नेपाल पक्षीय सांसद गणेश पहाडीले भने आफूहरु संसद बैठक बहिष्कार नगरी सुतक परेको घर जान निस्किएको बताए ।

उनले भने, ‘माननीय विद्या भट्टराईको आमा बित्नु भएको ठाउँमा जान हामी सामूहिक निस्किएका हौं ।’ नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आफूहरू पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराएका छन्।

बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्‌घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताए।

‘हामीले पनि भवनको खोजी गरेका छौँ। कही कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोलाई’, उनले भने,‘त्यो भन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’ उनले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताए। उनले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै गत चैत ४-५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराए।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..