देउबाको सपथ ग्रहणमा ओली गएनन्, एमालेको प्रतिनिधित्व माधव नेपालले गरे !

सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र संवैधानिक संघर्षको बलमा प्रतिनिधिसभा सर्वोच्चबाट ब्युँतिएको भन्दै बैठकमा गठबन्धनका नेताहरू खुसी थिए र यसमा उनीहरूले नेपाललाई ‘नायक’ रूपमा प्रस्तुत गरे ।

‘माधवजीको साहसिक निर्णय र ऐक्यबद्धताले प्रतिगमनकारी कदमविरुद्धको लडाइँमा जित हासिल गरेका छौँ । यो लडाइँमा हामीले प्रधानमन्त्रीका रूपमा देउवाजीलाई अगाडि सारेको भए पनि नायकचाहिँ माधव कमरेड नै हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन, अन्य नेताले पनि यही शैलीमा नेपालको उच्च प्रशंसा गरे ।

अंकगणितकै हिसाबले हेर्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना गरी विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश आउनुमा एमालेका झलनाथ खनाल–नेपाल समूहको निर्णायक भूमिका छ । नेपालको यही भूमिका अब देउवा सरकारको निरन्तरताका लागि हुन्छ कि हुन्न ? सबैको नजर फेरि नेपालतर्फ सोझिएको छ । प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेश आएकै दिन नेपालले आफूलाई विपक्षी गठबन्धनबाट बाहिर निकालेका छन् । उनले आफ्नो पार्टीमा नयाँ राजनीतिक परिस्थिति आएको भन्दै गठबन्धनकै बैठकबाटै यस्तो उद्घोष गरेका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । सामन्यतयाः पूर्वप्रधानमन्त्रीहरु शपथ ग्रहणमा उपस्थित हुने प्रचलन भएपनि ओली शीतलनिवास नगएको बुझिएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्रीको उपस्थितिलाई अनिवार्यजस्तै मानिन्छ । तर,आजसम्म सरकारी निवासमै रहेका ओलीले शपथ ग्रहण समारोह बहिष्कार गर्नुलाई जानकारहरुले गैर-लोकतान्त्रिक चरित्र भनेका छन् । यसरी हेर्दा सपथ ग्रहणमा एमालेको माधब नेपाललके गरेको देखिन्छ किनभने एमालेमा केपी ओली पछिको वरियताका नेता माधबको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..