ओलीको प्रस्ताव हस्ताक्षर फिर्ता : माधवको जवाफ विघटित संसद फिर्ता !

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको आह्वान गर्दै अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावलाई जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित् गर्ने दुराशय देखिएको बताएका छन्। अध्यक्ष ओलीले आइतबार अगाडि सारेको ६ बुँदे प्रस्तावका सन्दर्भमा सोमबार लिखित प्रतिक्रिया जनाउँदै नेता नेपालले ओलीको वक्तव्य (प्रस्ताव)को भ्रममा नपर्न पनि आफू पक्षीय नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

सोमबार बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णयानुसार साँझ वक्तव्य जारी गर्दै नेपालले भनेका छन्– ‘पार्टी विधानअनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।’

सोमबार साँझ नेता नेपालद्वारा जारी वक्तव्यमा पार्टी एकताको लागि भनेर अध्यक्ष ओलीलाई गत वैशाख ७ र २६ गते दुई–दुई पटक लिखित रुपमा ठोस प्रस्ताप पठाइएको जनाइएको छ।

यस्तै, नेताहरुमाथि गरिएको कारबाही फिर्ता हुने नभनी ‘गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन’ भन्ने अल्मल्याउने भाषा प्रयोग गरिएको पनि नेपालले टिप्पणी गरेका छन्।

यस्तै, प्रतिनिधि सभा विघटनको जिम्मेवारी लिएर निर्णयलाई सच्याउने कुरा गर्नुभन्दा सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको विषयमा पनि नेपालले वक्तव्यमार्फत विरोध जनाएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..