माधव नेपालतिर लाग्नेलाई चुनावमा टिकट पक्का

madhab nepal

नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन् ।

वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने बताएका हुन् । नेपाल पक्षले शनिवार वीरगञ्जमा भेला गरी बालगोपाल थापाको अध्यक्षतामा एमालेको पर्सा जिल्ला समानान्तर कमिटी गठन गरेको छ ।

नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिकता केपी ओलीलाई दिए पनि कार्यकर्ताले निराश हुनु नपर्ने र चुनावमा टिकट नपाइएला कि भन्न चिन्ता नलिन आग्रह गरे ।

नेपालले भने, ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठिक छ,कुन बेठिक छ भन्ने बारेमा निर्णय गर्ने निर्वाचन आयोग छ । तर अहिलेसम्म कुनै निर्णय आएको छैन । के भन्ने ? कहाँ गएर उजुरी गर्ने ?’

Kantipath Media

यो छुट्टाउनु भो कि..