माधव पक्षको स्थायी समिति बैठक बस्दै : लगत्तै धारणा सार्वजनिक हुने !

एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने ६ बुंदे निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

माधव नेपालको सचिवालयले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको बतायो । औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यको उत्तरको रुपमा एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन, सचिवालयले भन्यो । बैठक लगत्तै आधिकारिक धारणा सार्वजनिक हुनेछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..