अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई

सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए ।अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

मरासिनी अर्थ मन्त्रालयका क्याडर हुन् । उनी वैदेशिक सहायता सम्बन्धी विज्ञ समेत हुन् । सचिव बढुवा हुनुअघि मरासिनी लुम्बिनीमा थिए । उनी लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव पनि थिए ।

हालसम्म कुनै पनि विवादमा नपरेका मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा ल्याएर मन्त्री जनार्दन शर्मा ढुक्क हुन खोजेको देखिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..