ठाकुर समूहले मुलुकभर अगुवा कार्यकर्ता भेला गर्दै

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ । नयाँ पार्टी गठन प्रक्रियामा खुलेर लाग्दा संघीय तथा प्रदेश सांसद एवं पालिकाका निर्वाचित पदाधिकारीको पद जाने डरले तत्काल नयाँ पार्टीमा गठनमा संलग्नता नदेखाए पनि सो पक्षले नयाँ पार्टी गठनको अभ्यास सुरु गरेको छ ।

नयाँ पार्टीमा एउटा अध्यक्ष राख्ने कि दुईवटा भन्नेबारे सो पक्षमा बहस भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार महन्थ ठाकुर पक्षका नेताहरु एकल अध्यक्ष प्रणालीमा पार्टी गठन गर्नुपर्नेमा जोड दिइरहेका छन् भने राजेन्द्र महतो पक्षका नेताले दुईजना अध्यक्ष रहनुपर्नेमा जोड दिइरहेका छन् ।

अध्यक्ष महन्थ ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरले एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम हुनेछ । त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासीर बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।

तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ । आयोगले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपछि ठाकुर समूहले देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..