ओलीको पछि लाग्दा बिल्लीबाठ : गुम्ने भयो पार्टी र सांसद पद !

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् । निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।

महन्थ ठाकुरको पक्षमा भने १६ जना मात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ । जसपाका नेता तथा कार्यकर्ताहरु आयोगको फैसलाको प्रतिक्षामा छन् ।

कार्यकारिणी सदस्यको हस्ताक्षर सनाखतपछि यादव र भट्टराई पक्षका नाममा पार्टी आउने निश्चितजस्तै भइसकेको छ। यसअघि ठाकुर र महतोको पक्षमा रहेका राजकिशोर यादव र मनिष सुमन पनि यादवको पक्षमा लागेका छन्।

उनीहरूमध्ये राजकिशोर केपी शर्मा ओली मन्त्रिपरिषदमा मन्त्री थिए। मधेसी जनाधिकार फोरमबाट राजनीति सुरू गरेका राजकिशोरले केही समयपछि फोरम (गणतान्त्रिक) खोलेका थिए। विभिन्न ६ दल मिलेर राजपा बन्दा उनले आफ्नो पार्टी पनि त्यसैमा मिसाएका थिए। पछि राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उनको त्यो कदमबारे जसपामा विवाद चर्किएको थियो। यादव र बाबुराम भट्टराई पक्षले त्यसलाई प्रतिगमन भनेर विरोध गरेका थिए भने ठाकुर र महतो पक्षले त्यसको समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। महन्थ-महतो पक्षको ४० प्रतिशत नपुग्दा सांसद पद पनि जाने खतरा देखिएको र ओलीको पछि लाग्दा बिल्लीबाठ भएको एक नेताले बताए ।

क. उपेन्द्र पक्ष:
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

ख. महन्थ ठाकुर समूह
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा।

ग. रेशम चौधरी – तठस्थ

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..