महन्थ ठाकुरका सम्धी सहित ८ जनालाई मन्त्री बनाउने तयारी

जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्।

‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौं। त्यसमा प्रधानमन्त्रीले सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ।’

अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए। महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तव रहेका छन्।

ठाकुरनिकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमत साह, वृषेशचन्द्र लालको पनि मन्त्रीमा दावी छ। यादव पक्षबाट ठाकुर समूहतर्फ लागेका विमल श्रीवास्तव, उमाशंकर अकरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङले मन्त्रीमा दावी गरेका छन्। उनीहरु मन्त्रीको अफर पाएपछि ठाकुर पक्षमा लागेको स्रोतको भनाइ छ। ठाकुर आफ्ना सम्धी तथा गैर-सांसद उमाकान्त झा लाई मन्त्री बनाउन सकारात्मक भएको उनि निकट स्रोतले बतायो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..