सिटीको लगातार २० औँ जित : युनाइटेडसँग १३ अंकको अग्रता

1614478499 man c

1614478499 man c

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले वेष्टहामलाई २–१ गोलअन्तरले हराएको हो। जितसँगै सिटीले लगातार २० औं खेलमा जित निकालेको छ। आफ्नै मैदानमा भएको खेलमा सिटीका लागि रुबेन डियास र जोहन स्टोन्सले गोल गरे। वेष्टहामका लागि मिकेल एन्टोनियोले गोल फर्काए।

शनिबार राति नै भएका अन्य खेलमा वेष्ट ब्रुमले ब्राइटनलाई १–० र एस्टोन भिल्लाले लिड्स युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्दा न्युक्यासल र वुल्भ्स भने १–१ गोलको बराबरीमा रोकिएका छन्। जितसँगै म्यानचेस्टर सिटीले लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १३ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको सिटीको २६ खेलबाट ६२ अंक भएको छ।

युनाइटेडको २५ खेलबाट ४९ अंक छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको पनि २५ खेलबाट ४९ अंक नै रहँदा चौथो स्थानको वेष्टहामको २६ खेलबाट ४५ अंक छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..