६ लाख घुससहित नायब सुुब्बा पक्राउ

1613787

1613787बारा जिल्लाको जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन्।

बाराको जितपुर सिमरा ४ मा रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन्।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनीहरुलाई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो। घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..