योग्यता जाँच्ने न्यायाधिश कै योग्यता नपुगेर मुद्धा !

nakahul and manoj sharma1617170720

nakahul and manoj sharma1617170720

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिसमा परेका नहकुल सुवेदीको योग्यतमाथि प्रश्न उब्जाउँदै परेको रिटको पेसी न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । शर्मा उनै न्यायाधीश हुन्, जसको विषयमा योग्यता नपुग्ने भन्दै यसअघि सर्वोच्चमै रिट परेको थियो । शर्माविरुद्धको रिट न्यायाधीश तेजबहादुर केसीले पहिलो सुनुवाइमै खारेज गरिदिएका थिए । शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका नातेदार हुन् । सुवेदीको नियुक्ति रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समितिमा यसअघि नै उजुरी दिइसकेको छन् ।

सर्वोच्चको न्यायाधीशमा सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले १३ चैतमा रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १२९ को उपधारा ५ मा सर्वोच्च अदालतको न्यायाधीश बन्ने चारवटा मापदण्डसहितका बाटो तोकिएको छ । पहिलो- कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्यन्यायाधीश वा न्यायाधीश पदमा निम्न योग्यता आवश्यक छन् :

*कम्तीमा पाँच वर्ष काम गरेको,
*कानुनमा स्नातक वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको,
*कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको,
*न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको ।

यीमध्ये कुनै पनि योग्यता नपुग्ने तथ्य राख्दै भण्डारीले रिटमा दाबी गरेका छन् । सुवेदी उच्च अदालतमा नियुक्ति भएकाे ५ वर्ष पुगकेाे छैन भने न्याय सेवाकाे सहसचिवभन्दा माथिल्लाे पदमा काम गरेकाे १२ वर्षकाे अविध पनि अपुग छ । न्याय सेवा र उच्च अदालतकाे सेवा अवधि जाेडेर न्यायपरिषद्ले सुवेदीकाे याेग्यता पुर्‍याइदिएकाे हाे । जुन विषय विवादित छ । २८ फागुनमा प्रधानन्यायाधीश नेतृत्वकाे परिषद्ले सर्वाेच्चमा न्यायाधीश सिफारिस गरेकाे हाे

Kantipath Media

यो छुट्टाउनु भो कि..