माओवादी केन्द्रको पहलमा रामेछापमा ठुलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (माओवादी केन्द्र) ले रामेछापमा कोरोना नियन्त्रण तथा रोकथामका लागि ठुलो मात्रामा स्वास्थ्य सामग्री वितरण गरेको छ । रामेछापबाट निर्वाचित संघिय सांसद श्यामकुमार श्रेष्ठ कुशलको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सासंद श्याम कुमार श्रेष्ठको पहलमा आएको स्वास्थ्य सामग्री जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रामेछापका प्रतिनिधिसभा सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रामकुमार तामाङ्गले जानकारी दिए ।

जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला माओवादी केन्द्रले जिल्लाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सांसद श्रेष्ठले बताए । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स र सेनिटाईजर २५५ लि. स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..