माओवादी छाड्नेलाई भटाभट कारबाही

सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने फैसला गरेपछि माओवादीबाट निर्वाचित केही स्थानीय तहका जनप्रतिनिधि एमालेमा प्रवेश गरे। माओवादीबाट एमाले प्रवेश गर्ने जनप्रतिनिधिमध्ये रौतहट र कैलाली जिल्लाका धेरै छन्।

रौटहटबाट प्रभु साह र कैलालीबाट लेखराज भट्ट एमाले प्रवेश गरेकाले त्यसको असर स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। रौटहटबाट मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, उपप्रमुख गौरीशंकर प्रसाद जैयसवाल एमाले प्रवेश गरेका छन्।

नगरप्रमुख रिनाकुमार साह प्रभु साहको पत्नी हुन। माओवादीबाट एमाले प्रवेश गरेकामा कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाह, देवाही गोहनाही नगरपालिका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिका उपप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीता देवी शाह रहेका छन्।

कैलालीबाट भजनी नगरपालिका उपप्रमुख छाया देवकोटा र तीन नगरपालिकाका वडा अध्यक्ष एमाले प्रवेश गरेका छन्। महोत्तरीको साम्सी गाउँपालिका प्रमुख शेख फारुक पनि माओवादी छोडेर एमाले प्रवेश गरेका छन्।

 

 

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..