दोलखामा माओवादीको पार्टी कार्यालय बनाउने अभियान : आधा घण्टा मै साढे ६ लाख

नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय निर्माणका लागि माओवादी केन्द्र दोलखाले अभियानको सुरुवात गरेको छ । आइतबार जिल्ला सदरमुकाम चरिकोटबाट उक्त अभियानको सुरुवात भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपाल पाण्डेले जानकारी दिए।

सहिद स्मृती प्रतिष्ठानको नाममा हुने उक्त भवन मै जिल्ला पार्टी कार्यालय पनि रहने अभियानमा संलग्न वाईसियल नेपालका नेता भरत श्रेष्ठले बताए । उनका अनुसार सहयोग संकलनका लागि अब छिट्टै खाताको संचालन गरिने छ ।

सहयोग रकम जुट्ने क्रम जारी रहेकाले केही समयमा जग्गा खरिद प्रकृयामा गएर यो आर्थिक वर्षमै कार्यालय भवन निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको जिल्ला अध्यक्ष गोपाल पाण्डेले बताए । सहयोग गर्न चाहने पार्टी नेता तथा कार्यकता एवं सुभचिन्तकहरुलाई माओवादी केन्द्रले अपिल गरेको छ । अभियानलाई माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद विशाल खड्काले एक लाख सहयोग घोषणा गरेर सुरुवात गरेका हुन् ।

पार्टी कार्यालय भवन निर्माणका लागि हालसम्म सहयोगको घोषणा गर्नेहरुको नामावली :

मा. विशाल खड्का – एक लाख
अर्जुन दाहाल – एक लाख पचास हजार
सुरेश उप्रेती – एक लाख
रोहित बुढाथोकी – एक लाख
विश्वास कार्की – एक लाख
सुब्बा श्रेष्ठ – एक लाख

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..