माओवादी केन्द्रले कोभिड नियन्त्रण कोष र इकाई बनाउने

नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् । बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।

सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । आज भएका निर्णयहरूलाई समेटेर भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा बुझाउने तयारी भएको पुनले जानकारी दिए ।

ज्ञापन पत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ । कोभिड नियन्त्रण कोष बनाउने निर्णय पनि बैठकले गरेको छ। कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम बुझाउने छन् ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..