अवसरवादी, स्वार्थी, लालची र अनैतिक तत्वको निवेदनको कुनै अर्थ छैन : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका रामबहादुर थापासहितका एमाले नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई आफूहरूको माग चाँडो कार्यान्वयन गर्न दबाब दिएका छन्।

शुक्रबार आयोग कार्यालय पुगेका टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर माओवादी केन्द्र तत्काल खारेज गर्न ताकेता गरेका हुन्।

माओवादी केन्द्र दल खारेज गर्न माग गर्दै उनीहरूले बुधबार आयोगमा उजुरी दिएका थिए। सोही उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भनेर शुक्रबार जानकारी लिन आयोग गएको एक नेताले जानकारी दिए।

माओवादी छाडेर २०७७ फागुन २८ गते रामबहादुर थापासहित, रायमाझी, थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेता एमालेमा प्रवेश गरेका हुन्। त्यसपछि माओवादी केन्द्रले उनीहरू सबैलाई कारबाही गरेको थियो। उनीहरूमध्ये ५ जना सांसद थिए। कारबाहीसँगै त्यो पनि गुम्यो।

नेकपा माओवादी केन्द्रले आफ्नो दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको छ। नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताले माओवादी केन्द्र खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका छन्।

सोही सम्बन्धमा शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी आफ्नो दलसँग सरोकारै नभएका व्यक्तिले आफ्नो खारेजी माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेको हो। साथै यस्ता अनधिकृत निवेदन दर्ता गर्ने काम आइन्दा नगर्न भन्दै उसले निर्वाचन आयोगलाई सचेतसमेत गराएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..