पापाको नि लोभ चिचीको नि लोभ : मन्त्री खान जाँदा मान्य र मन्त्री दुवै खुस्कियो !

chichipapa

chichipapa

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद गइसकेको छ।

आफ्नो दल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरू सांसदबाट हटाइएका हुन्। संसद् सचिवालयमा माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार बिहीबार सभामुख अग्नि सापकोटाले उल्लिखित ४ मन्त्रीले दल त्याग गरेको जानकारी प्रतिनिधि सभालाई दिएपछि उनीहरूको सांसद पद गुमेको हो।

कानुनविद्का अनुसार सांसद पदबाट हटेसँगै संविधानको व्यवस्थाअनुसार उनीहरू मन्त्रीबाट पनि स्वतः बर्खास्त भएका छन्। संविधानको धारा ७६ अनुसार मन्त्री भएका उनीहरूको सांसद पदसँगै मन्त्री पद पनि गएको कानुनविद् बताउँछन्।

धारा ७८ अनुसार उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली पुनः मन्त्रीमा नियुक्ति गर्न सक्छन्। धारा ७८ अनुसार सांसद नभएका व्यक्ति पनि मन्त्री हुन सक्ने प्रावधान तर ६ महिना मात्र। त्यसरी मन्त्री भई शपथग्रहण गरेको ६ महिनाभित्र संघीय संसद्को सदस्य नभएमा फेरि पद स्वतः समाप्त हुनेछ।

एमालेमै प्रवेश गरेका अझ ओली समूहद्वारा यस पार्टीको बागमती प्रदेशको इन्चार्जसमेत घोषित गृहमन्त्री रामबहादुर थापा बादललाई भने माओवादी केन्द्रले कारबाही गरिसकेको छैन। संसद् विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते ओलीको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनायो।

पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले नै उनकै नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भन्दै गत फागुन २५ गते फैसला गर्‍यो। सँगै पहिलेकै एमाले र माओवादी केन्द्र पुनर्स्थापना पनि गर्‍यो।

त्यसपछि नेकपाका नेताहरू आआफ्ना पुरानै दलमा फर्किने क्रममा पहिले ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेता एमाले ओली समूहमै रहे। जसलाई प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेको केन्द्रीय सदस्यसमेत बनाइसकेका छन्।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..