माओवादीका दुई मन्त्रीले सरकार छाड्दै

2 gandaki minister

2 gandaki ministerगण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी सांसद दीपक कोइरालाले बताए । संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

Kantipath Media

यो छुट्टाउनु भो कि..