रुपन्देहीमा माओवादीका नेता तथा कार्यकर्ता काेराेना शव व्यवस्थापन र संक्रमितको सेवामा अग्रसर

रिया बस्नेत /रुपन्देही/ जेठ,२४ । रुपन्देहीकाे भैरहवा स्थिति भीम अस्पतालमा केहि महिना अघि देखी काेराेना सङ्क्रमणबाट मृत्यु हुनेहरुकाे शब व्यबस्थापन नेपाली सेनाहरुले गर्ने गरेका थिए तर अहिले नेपाली सेनालाई विश्राम गराएर माओवादी केन्द्रका कार्यकर्ताहरुले शव व्यवस्थापनको जिम्मा लिएका छन्।

पछिल्लाे समय काेराेना महामारिकाे दाेस्राे लहर सुरु सगैँ देशमा स्वास्थ्य सामाग्री देखि लिएर जनशक्तिकाे पनि अभाब हुदै गयाे। कोरोना सङ्क्रमीतहरुकाे मृत्युदर बढ्दै जान थाल्याे यसको व्यवस्थापन कसरी गर्ने भनेर मुख्य चुनौतीकाे बिषय बन्दै गईरहेकाे छ।

यसै बिषयलाई मध्यनजर गर्दै माेओबादि केन्द्रले सबै जिल्लाका नेता कार्यकर्ताहरुलाई कोरोना संक्रमितहरुको सेवा र सहयोगमा जुट्न निर्देशन दियाे। केन्द्रकाे केन्द्रीय निणर्य अनुसार रुपन्देहीमा पनि जिल्ला पार्टीकाे मातहतमा सिद्धार्थनगर भैरहवामा नगर कमिटीका कार्यकर्ताहरु पनि काेराेना फिल्डमा परिचालित भए ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटिका इञ्चार्ज तथा जनमुक्ति सेनाका पूर्वलडाकु तिरबहादुर रोका (डार्विन) काे संयाेजकत्वमा अस्पतालकाे स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार शव व्यवस्थापनका लागि १६ जनाको टोली बनाइएको छ ।

उक्त टाेली पीपीई लगाएर बिहानै ५ बजे देखी साझ ७ बजे सम्म अस्पतालमै शव व्यवस्थापन र संक्रमितहरुकाे सेवाका लागि तयारी अवस्थामा रहन्छन l

त्यस्तै शव व्यवस्थापन सँगै अस्पतालमा भर्ना भएका काेराेना संक्रमित र संक्रमितकाे कुरुवा लगायत अस्पतालका नर्सहरुलाई समेत बेसारपानी,जडिबुटी युक्त चिया जुवानो र मसला पानी सहित अण्डा, मुङदालकाे सुप जस्ता पोषिलो खानेकुराहरु पनि बितरण गर्दै आएका छन । यस्काे व्यबस्थापन नगरका स्थानीय नेता कार्यकर्ताहरुले व्यक्तिगत रुपमा आलोपालो गर्दै निरन्तर गर्दै आएकाे संयाेजक डार्विन राेकाले बताए ।

आफ्नो परिवारजन गुमाउनुको पीडा एक ठाउँ छदै छ । सेनाले एउटा मात्र शव नउठाउने २–३ वटा शव जम्मा गरेर मात्र व्यवस्थापन गर्न लैजाने हुदा मृत्युका कारण पीडामा परेका आफन्तले लामो समय सम्म पनि मृतककाे शबकाे दाहासंस्कार गर्न घण्टाै सेनालाई कुरिरहनु पर्ने अर्काे पिडा त्यसै माथी पलाष्टिले बेरिएकाे शवलाई घाटसम्म पुर्याउने शव वहान वा एम्बुलेन्स हरुले ५० देखि ६० हजार सम्म भाडा मागेको धेरै गुनासो आएपछि पार्टीले आफै एम्बुलेन्स र शव वहानका संचालकहरुसँग वार्ता गरेर न्युनतम शुल्कमा सेवा दिने गरेका छन । यदि काेहि पनि अति बिपन्न असाहय छ भने उक्त शबकाे व्यवस्थापनकाे सम्पुर्ण खर्च पनि स्वंयम आफु हरुलेनै गर्ने गरेका छन । जेठ १ गते देखी सुरु गरिएकाे र अहिले ३ सातामा १३ वटा शब व्यवस्थापन गरिएकाे संयाेजक राेकाले बाताए ।

शव व्यवस्थापन सेनाले नि:शुल्क गरेपनि अन्त्यष्टिकाे लागी दाहासंस्कार स्थल सम्म शव बोक्ने शव बहान र गाडीहरुले चर्को रकम असुल्न थालेपछि पार्टीले त्यसलाई न्युनिकरण गर्नका लागि पनि आफै खट्ने निर्णय गरेको र नागरिकको जिवन रहे मात्र हाम्रो राजनीति र विकास रहन्छ, नागरिकको जिवन नै नरहे राजनीति गर्ने धरातल पनि रहदैन भन्ने उद्धेश्यले नागरिक सुरक्षाकाे लागी उक्त कार्यमा कदम चालेकाे माओवादी केन्द्र रुपन्देहीका सचिव निर्मल जीसीले बताए ।

प्लास्टिकले बेरिएकाे शव दाह संस्कार स्थल सम्म पुर्याए पछि मृतकका आफन्तले हिन्दु परम्परा अनुसार अन्त्यष्टि गर्छन ।अन्त्यष्टिमा नेपाली सेना र माओबादी कार्यकर्तामा फरक यत्ती छ नेपाली सेनाले मुट्ठी फिजाएर सलामी दिन्छन भने माओवादी कार्यकर्ताहरुले मुट्ठी बाँधेर लालसलाम गर्ने गर्दछन्।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..