annapurna add

maradona2

विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार उनका सीमित साथीभाइ र नातेदारका बीच गरिएको छ। उनको अन्तिम संस्कारमा करिब २५ जनामात्र सहभागी हुन पाए।

अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। म्याराडोनाको शवमा अर्जेन्टिनाको राष्ट्रिय झण्डा र फुटबल जर्सी ओढाइएको थियो।

उनको शवलाई अन्तिम दर्शनका लागि राष्ट्रपति भवनमा राखिएको थियो। उनलाई अन्तिमपल्ट हेर्न मानिसरुहरुको लाइन एक किलोमिटरभन्दा बढीसम्म लागेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास र रबरको गोलीसमेत चलाउनु परेको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार