सहमतिको मस्यौदालाई अन्तिम रुप दिँदैछौँ : रघुजी पन्त

पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन गरिएको कार्यदलका सदस्य रहेका एमाले नेता रघुजी पन्तले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलमा छलफल भइरहेको जानकारी दिएका छन् ।

कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै पन्तले भने, ‘एकताका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलको बैठकमा छलफल भइरहेको छ । कार्यदलका सदस्यहरुबाट विभिन्न सुझावहरु आएका छन् । ती सुझावलाई समेटेर अन्तिम रुप दिने प्रयास भइरहेको छ । सम्भवतः आज नै हामी सहमति गर्ने तयारीमा छौँ’ उनले भने ।

पन्त बाहिरिए पनि कार्यदलको बैठक जारी रहेको छ । यसअघि, शंकर पोखरेल पनि बैठक स्थलबाट बाहिरिएका थिए । ‘बैठक बसिरहेको छ। सम्भवत: आजै टुंग्याउँछौं,’ उनले भने। पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए। नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..