annapurna add

 29355240 201

पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका स्थायी समिति सदस्य मात्रिका यादवले भर्त्सना गरेका छन् । नेता यादवले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै आलोचना गरेका छन् ।

‘आज २०७७ मंसिर ६ गते आफ्ना जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य सहयोद्धा कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवाहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना र सस्ता सुनियोजित ग़ैर राजनीतिक क्रियाकलाप विरुद्ध एकजुट हुन सबैमा अनुरोध गर्दछु’ ।

उनले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भन्दै भत्सर्ना गरेका छन् ।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...