अनियमितता गरेको भन्दै मौलापुरमा झडप : प्रभुको दबाबमा अश्रुग्यास प्रहार गरेको आरोप

पूर्वमन्त्री प्रभु साह र मौलापुर नगरपालिकामा मेयर रहेकी उनकी श्रीमतीविरुद्ध आज स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । नगरपालिकामा व्यापक अनियमिता भएको आरोप लगाउँदै विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहको सहभागिता रहेको छ । मेयर रिनाकुमारी साह र उनका श्रीमान प्रभु साहको बिरोधमा नाराबाजी गर्दे उनीहरूले नगरपरिक्रमा समेत गरेका थिए ।

प्रदर्शनकारीले मन्त्री र मेयर बन्न पाईंदैन,अनियमितता बन्द गर, विकासका नाममा लुट्न पाईंदैन लगायतका नारा लगाएका थिए । पूर्वमन्त्री र मेयरको विरुद्ध प्रदर्शनको तयारी भएपछि मौलापुर नगरपालिका कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ। झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। केही प्रदर्शनकारी पनि घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।

मौलापुर नगरपालिकाको नगरपरिषद्मा कडा सुरक्षा अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले मौलापुरको स्थिती खराब भएपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रुग्यास प्रहार गरेको बताए। स्थानीयले भने प्रभु साहको दबाबमा अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..