मेयर विजय सरावगीकाे पुतला दहन

Mayor Vijay Sarawagiवीरगंज । वीरगंजकाे ड्राइपाेटमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी र वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्राकाे पुत्ला दहन गरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको जग्गाकाे मुअबजा निर्धारणकाे विरुद्धमा पुत्ला जलाइएकाे हाे ।

साे क्षेत्रकाे प्रति कट्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआवजा दिने निर्णयकाे विरुद्धमा आज आन्दाेलनकाे पाँचाै दिन पुतल दहन गरिएकाे संघर्ष समितिका संयाेजक अमिका प्रसाद पटेलले वताए । जग्गाकाे मूल्य भन्दा कम मूल्यांकन गर्ने मुअबजा निर्णयमा हस्ताक्षर गर्ने जनप्रतिनिधि मेयर सरावगी र वडाध्यक्ष मिश्राकाे पुत्ताला जलाइएकाे संयाेजक पटेलले वताए ।

यस्तै जग्गा अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे अवहानमा जारी आन्दाेलनकाे पाँचाै दिन आज शनिबार पनि ६ घण्टा सडक अवरुद्ध गरिएकाे थियाे । स्थानिय जग्गा धनिहरुले विहान १० बजे देखी ४ बजे सम्म ड्राइपाेर्ट अगाडी मुख्य सडक अवरुद्ध गरी धर्ना बसेका थिए । राेक्का राखिएकाे जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअबजा दने निर्णय प्रति आपती जनाउदै स्थानिय जग्गाधनीहरु आन्दाेलित भएका छन् ।

उचित मुआवजाकाे निकास वा पुनर्वासको व्यवस्था नभए सम्म हाम्राे आन्दाेलन जारी रहने स्थानिय आशिक अंसारीले वताए । बन्दरगाह र एकीकृत जाँचचौकीबीचको राेक्का राखिएकाे ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने हाम्राे माग रहेकाे उनले वताए

वीरगंज ड्राइपाेर्ट बस्ती अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे आयाेजनामा जारी सडक अवरुद्ध सहितकाे आन्दाेलनका कारण साे समयमा आवत जावत गर्ने यात्रु तथा सवारी साधनहरुलाई सास्ती भइरहेकाे छ । यस्तै भाेली आइतबार पनि विहान १० बजे देखी ४ बजे सम्म सडक अवरुद्धकाे कार्यक्रम रहेकाे संघर्ष समितिले जनाएकाे छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..