annapurna add

Top Bahadur Rayamajhi

उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन् ।

‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । “पहिलो सर्वसम्मत गर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...