विभूषण लिन आफुले आफैलाई सिफारिस गर्नुपर्ने

संविधान दिवसको दिन सरकारका तर्फबाट प्रदान गरिने विभूषण प्राप्तीका लागि अब आवेदन दिन सकिने भएको छ । आफु विभूषित हुन योग्य छु भनेर दावी गर्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको हो । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखि आवेदन दिन सक्ने छन् ।

सरकारले हरेक वर्ष संविधान दिवसका दिन देश र समाजका लागि विशिष्ट योगदान पुर्याएका ब्यक्तिहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..