ओम्नीको मेडिकल सामग्री भ्रष्ट्राचारमा मन्त्रीलाई चोख्याउने तयारी : खरिदारलाई बयान

omni medical news copy

omni medical news copy

कोरोना स्वास्थ्य सामग्री खरिद अनियमितताका आरोपित तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अख्तियारको कारबाहीबाट जोगिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि झन्डै सबा अर्बको स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्रीद्वय र तत्कालीन स्वास्थ्य सचिव यादवप्रसाद कोइराला तथा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

कोरोना स्वास्थ्य सामग्री खरिद अनियमिततामाथि छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपित मन्त्रीद्वय पोखरेल र ढकाल तथा सचिव कोइरालाको वयान नै नलिइ अनुसन्धान टुंग्याउने र उन्मुक्ति दिन लागेको हो । विभागका तत्कालिन महानिर्देशन श्रेष्ठसँग भने अख्तियारले वयान लिइसकेको छ । बाँकी अरु सुब्बा, खरिदार र अधिकृतस्तरका कर्मचारीको मात्र वयान लिइएको अख्तियार स्रोतले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिद गर्दा ढकाल स्वास्थ्य मन्त्री थिए । उनकै प्रत्यक्ष निगरानी र निर्देशनमा स्वास्थ्य सामाग्री खरिदको काम भएको थियो । सार्वजनिक खरिद ऐनको प्रक्रिया भन्दा बाहिर गएर सामान खरिद गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले निर्देशन दिएका थिए । त्यतिबेला यादव कोइराला स्वास्थ्य सचिव थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..