कांग्रेस र जसपाको छलफल जारी

Sher Bahadur Deuba and Baburam Bhattarai

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक अध्यादेश लगायतको विषयमा छलफल भइरहेको स्रोतले जनायो।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो।

स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..