तत्काल बाढीपहिरो पिडितको उद्दारमा जुट्न प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् । प्रचण्डले बुधबार अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोन वार्ता गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..