नेकपाका जबस-मोर्चाको भारतीय दूतावासमा ज्ञापनपत्र, गुरुङसहित चारजना गिरफ्तार

biplav Memorandum kantipathकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जबस र मोर्चाहरुले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउदै छन् । ज्ञापनपत्रसहित विरोध र्यालीको तयारी गर्दैगर्दा मकर गुरुङसहित चारजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतीय दूतावसमा जान घण्टाघर अगाडिबाट प्रदर्शनको सुरु हुँदै गर्दा गुरुङ मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका गुरुङसहित उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बाँकी रहेका प्रदर्शनकारीहरुले भारतविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले नेपालीभूमीमाथि गरिएको अतिक्रमणविरुद्ध बोल्दा समेत गिरफ्तार गरेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्न खोज्दैछन् भने प्रहरीले बल प्रयोग गरिरहेको छ । त्रिचन्द्र कलेज अगाडि तनावपूर्ण र झडपको अवस्था बनेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..