मानसिक स्वास्थ्य सम्बन्धी तीन दिने तालिम सम्पन्न

दुर्गा खनाल / पाँचथर / असार २ । मानसिक स्वास्थ्य सम्बन्धी तीन दिने तालिम आज सम्पन भएको छ।

सञ्चारिका समुह र तरङगिनि संस्थाको सहकार्यमा मा भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो। कोरोना माहामारीको बेला आफु र आफ्नो परिवार बिरामी परेर , साथिभाई आफन्त गुमाएर ,आफ्नो पेसाको सुरक्षाको चिन्ता लगाएतले परेको मानसिक तनाव लाइ हटाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बिभिन्न प्रदेश का ६० जना महिला पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी स्वहेरचाह, खानपान, योग ध्यान सम्वन्धित परामर्श दिने काम गरेको थियो ।

मानसिक चिन्ता कसरी कम गर्ने आफनो काममा कसरी केन्द्रीत हुन सकिन्छ लगाएतका थुप्रै बिसयमा छलफल भएको थियो।

कार्यक्रमले यो सङ्कटको घडिमा महिला पत्रकार हरुलाई सकरात्मक उर्जा प्रदान गर्नुका साथै मनोवल उच्च बनेको छ। कार्यक्रम डाक्टर रेणु अधिकारी र कन्चन नेपाल ले सहजीकरण गर्नु भएको थियो।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..