मध्यरातमा डकैती भयो, ज्ञानेन्द्रले नि यस्तै गर्थे : वर्षमान पुन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुबैको दाबी खारेज भएको घोषण गरेलगत्तै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गरेको छ।

माओवादी केन्द्रका नेता नेता वर्षमान पुनले राष्ट्रपति भण्डारीले ओली र देउवा प्रधानमन्त्रीका रुपमा अयोग्य ठहर गरेको केहीबेरमै विरोध जनाएका हुन्। सामाजिक सञ्जालमा भनेका छन्,‘मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

राष्ट्रपति भण्डारी शुक्रबार अवेर संविधानको धारा ७६(५) बमोजिम देउवा र ओलीले नयाँ सरकार गठनका लागि पेश गरेको दाबीलाई राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन्।

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएको छ।

१ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेको प्रचण्डको सचिवालयको भनाइ छ।

‘संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन्, सचिवालयको नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, नेपाली जनता धेरै सचेत भइसकेका छन् हिसाब राम्रै सँग राख्नेछन् ! संपूर्ण गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गरौं!!’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..