बेपत्ता हर्कबहादुर सिंहलाई खोजिदिन छोरी सौंदर्या सिंहकाे आग्रह

Missing Harka Bahadur Singh

Missing Harka Bahadur Singhजिल्ला बझाङको छविसपाथिभेरा गाउँपालिका–१ का हर्कबहादुर सिंहको खोजिदिन उनकी छोरी सौंदर्या सिंहले आग्रह गरेकी छिन् ।

उनकी छोरी सौंदर्या सिंहका अनुसार जिल्ला बझाङबाट भारतको लागि हिडेका थियौं । वुवासँग धेरै पैसा थिएन् । बझाङबाट महेन्द्रनगरको टिकट काटेका थियौं । गाडीवाले भने बाबु छोरीलाई डढेलधुरामा छोडि दियो ।

167499349 452875429383555 2027515805084744492 n 2डढेलधुराबाट एक दुइ पैसा माग्दै उनिहरू कैलालीको अत्तरिया सम्म पुगेका थिए । सौंदर्या सिंहका बुवा हर्कबहादुर सिंह म केही खाने कुरा कसैलाई मागेर ल्याउन्छु तिमी यतै बस्दै गर है भनेर सम्पर्कविहीन भएका हुन् ।

बुवा हर्कबहादुर सिंह सम्पर्कविहीन भएपछि सौंदर्या सिंहसँग एक पैसा नभएपछि कैलाली अत्तरिया महेन्द्रनगर जाने रोडको छेऊ पिपलको रुख मुनी ५ दिनदेखि भोकभोकै अलपत्र अवस्थामा बस्दै आएको खबर समाजसेवी योशदा भट्टले थाहा पाएपछि हर्कबहादुरकी छोरी सौंदर्यालाई ईलाका प्रहरी कार्यालय मालाखेति अत्तरियाको रोहवरमा दृष्टि फाउण्डेसन नेपालले उद्धार गरि राखेको छ ।
166200904 2967125246944964 355689046564032684 n
सौंदर्या सिंहको पेटमा ६ महिनाको बच्चा रहेको छ भने उनलाई सुत्केरी व्यथा लागेको र अहिले सौंदर्यालाई अस्पतालमा लगेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टले कान्तिपथ डटकमलाई बताइन् । हर्क बहादुर सिंह मानसिक रोगी रहेको खुल्न आएको छ ।

भने, सौंदर्या सिंह एकदमै पिडामा रहेकी छिन् । साथै उनले आफ्नो बुवा हर्कबहादुर सिंहको खोजि गरिदिन हुन् प्रहरी प्रशासनलाई समेत अनुरोध गरेको छ ।

कतै हर्कबहादुर सिंह भेटिएमा पत्रकार गणेश विकको मोवाईल नम्बर ९८४८६४००९० वा दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टको मोवाईल नम्बर ९८४९१९९८०८ मा सम्पर्क गरिदिन समेत उनकी छोरी सौंदर्या सिंहले आग्रह गरेको छ । या नजिकैको प्रहरी कार्यालय १०० मा सम्पर्क गर्न समेत अनुरोध छ ।

May be an image of 1 person, sitting and outdoors

Kantipath Media

यो छुट्टाउनु भो कि..