मोहन्याल गाउँपालिकाका कर्मचारी दिउँसै भट्टीमा टिल्ल, सेवाग्राहीले सेवा नपाएर जिल्ल !

कैलालीको मोहन्याल गाउँपालिकाका कर्मचारी कार्यालयको काम छोडेर दिउँसै रक्सी भट्टीमा भेटिएका छन् ।

बिहिबार दिउँसो २ बजेदेखी कार्यालय छोडेर गायब ति कर्मचारीहरु ४ बजेसम्म फर्केनन् ।  गाउँपालिकाको कार्यालय खिमडी राख्ने अनुमती पाइसकेपनि यता सुक्खडबाट कार्यालयले काम गरिरहेको छ ।

कार्यालयको काम छोडेर सुक्खडमै रहेको रुपेस रेस्टुरेन्ट एण्ड लजमा उनिहरु मदिरा सेवन गरिरहेको भटिए । दिउँसोको सरकारी नम्बर प्लेटको सु प प्रदेश १७६३ नम्बरको मोटरसाइकल चढेर होटेल छिरेका उनिहरु कार्यालय समय सकिदासम्म बाहिर निस्केनन् ।

त्यही कर्मचारीहरुको प्रतिक्षामा बसेका सेवाग्राहीहरु भने सेवा नपाएरै घर फर्के । मोहन्याल गाउँपालिकाबाट एक दिन पुरै लाएर सुक्खडसम्म पुगेका सेवाग्राहीहरुले कर्मचारी पाएनन् ।

कर्मचारीहरु दिउँसै गायब भएपछि सेवाग्राहीहरु आक्रोसित थिए । उनिहरुले जनताको काम छोडी मदिरामा लठ्ठ हुने कर्मचारीहरुलाई कार्वाहीको माग गरेका छन् ।

याे पनि पढ्नुहाेस् 

यस्ताे छ कञ्चनपुरका मेयर हमालको ‘रक्सी काण्ड’को भित्रि रहस्य, कैलालीमा ‘बाख्रा’ अनुदान

मेयर हमालकाे टाेलीले समाचार र फेसबुक स्टाटस् हटाउन दबाब दिदै कृतिमा गिरिलाई

कान्तिपथबाट प्रकाशित मेयर हमालकाे दादागिरीकाे समाचारप्रति कांग्रेसको गम्भिर ध्यानाकर्षण

काङ्ग्रेसद्वारा हाेटल संचालकलाई धम्की दिने मेयर हमाललाई राजिनामा दिन माग

कृष्णपुरका मेयर कर्णको दादागिरी : राति बन्द होटलमा गएर रक्सी माग्दै, होटल संचालकलाई धम्की

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..