पूर्व आईजीपीकाे घरबाट फलफूल चाेर्ने १२ जना पक्राउ

पूर्व आईजीपी मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सन्जिव खड्का, रोज राई, यमबहादुर तामाङ, राजीव गुरुङ, देव तामाङ, निरज नेपाली, मिलन दुलाल, समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडायत लगायत छन् ।

अनुसन्धानको क्रममा उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको पाइएको प्रहरीले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..