चलचित्र चिकित्सा क्षेत्रका मान्छेहरु छन् वास्तवमै हिरो

चिकित्सा सेवा महान पेशाको रुपमा परिचित छ। अहिलेको कोरोना भाइरसको संकटले यो भनाइलाई पुष्टि गरेको छ। यो घातक रोग विरुद्धको लडाईमा सबैभन्दा अगाडि बसेर लड्ने र त्यसलाई हराउने जिम्मा र सामथ्र्य मात्र चिकित्सकीय पेशामा भएका व्यक्तिहरुसँग मात्र छ।

movies doctoresउनीहरु यो महामारीसँग जोखिम हुँदा हुँदै रातदिन लड्दैछन् र आफ्नो जागिर भन्दा माथिको काम गर्दैछन्।

यस्तै चलचित्रले पनि चिकित्सक र नर्सहरुलाई उज्जवल किरणको रुपमा व्याख्या गरेका छन्। रोग विरुद्धको युद्धमा हाम्रो रक्षक बनेर लडाई गर्ने यी योद्धालाई सलाम छ। यहाँ केही हिन्दी चलचित्रहरु छन् जसमा चिकित्सकको महानतालाई प्रस्तुत गरिएको छ।

१) डा. कोट्निशकी अमर कहानी (१९४६)
यो चलचित्र डा. द्वारकानाथ कोट्निशको वास्तविक जीवनमा आधारित छ। भारतीय चिकित्सक कोट्निश दोस्रो विश्वयुद्धको समयमा चीनमा काम गर्थे र त्यो बेलामा जापानमा आक्रमण भएको थियो। उनले आफ्नो जीवन बिरामीको सेवा दिनमा नै व्यतित गरे।

यो चलचित्रमा भि शान्तराम मुख्य भूमिकामा छन्, शान्तराम आफैले निर्देशन गरेका हुन्। उनले चीनलाई चिकित्सकको आवश्यकता भएको थाहा पाएपछि उनी काम गर्न थाल्छन्। दोस्रो विश्वयुद्ध चरम समय जब जापानमा आक्रमण हुन्छ त्यो बेलामा उनी काम गर्छन्। त्यही उनको एक चिनियाँ महिलासँग विवाह हुन्छ, उनी डाक्टरकी सहायक हुन्छिन्।

उनी विश्वयुद्धमा घाइते भएकाहरुको सहयताको लागि निश्किन्छन्। युद्धमा घाइते भएकाहरुको उपचारको लागि एन्डिबडि विकसित गर्नुपर्ने अवस्था आइपर्छ र चिकित्सक आफैले आफ्नो ज्यानमा परीक्षण गर्नुपर्ने हुन्छ।

चलचित्रको अन्त्यमा महामारी समाधान भएको दृश्य देखिन्छ भने चिकित्सककी पत्नि सानो बालकसँग भारत फर्किएको देखिन्छ।

२) अनुराधा (१९६०)
यो चलचित्र सचिन बोमिक लिखित छोटो कथामा आधारित चलचित्र हो। यो कथा त्रिकोणात्मक प्रेमकथामा आधारित छ। एक जवान युवति जसले आदर्शात्मक चिकित्सकसँग विवाह गर्छिन्। त्यो चिकित्सक पछि एक धनि युवतिको प्रेममा पर्छन्। डा निर्मल चौधरी (बलराज शाहनी), जसले जुन रोगका कारण आफ्नी आमा गुमाएका हुन्छन्, त्यही रोग उन्मुलनको लागि नन्दगाउँ जान्छन्। चिकित्सकको धनी महिला ‘अनुराधा’ (लिला नाइडू) सँग विवाह भएको हुन्छ। अनुराधाले आफ्नो बुवाको इच्छाविपरित विवाह गरेकी हुन्छिन्।

उनका श्रीमान वैवाहिक जीवन आनन्ददायी तरिकाले बिताउन भन्दा रोगीको उपचारमा बिताउन चाहन्छ।

एकपल्ट अनुराधालाई सुटर धनाढ्य दिपक (अभि भट्टाचार्य) को नजिक हुने मौका मिल्छ। उनकी केटीसाथी जसले आत्महत्याको प्रयासपछि घायल भएकी हुन्छिन् र निर्मले उनको सफल शल्यक्रिया गर्छन्। अनुराधालाई फेरी शहरी जीवनमा फर्कन मन लाग्छ तर त्यतीबेला उनले थाहा पाउछिन् की उनका श्रीमान आफ्नो साथी र बिरामीबाट प्राप्त सम्मानले तृप्त हुन्छन्।

यो साधारण कथा हो, जसले यो सत्यतालाई बुझाउँछ की चिकित्सकहरु जसले विकट क्षेत्रमा सेवा दिन जान्छन्, उनीहरुले आफ्नो पारिवारिक जीवन अरुको स्वास्थ्यको लागि त्याग्न पर्छ।

३) दिल एक मन्दिर (१९६३)
यो अर्को त्रिकोणात्मक मायाको कथा हो। यसमा चिकित्सक अनि उनको प्रेमीका अनि प्रमिकाले विवाह गरेको श्रीमान्को कथा छ । यो मेलोड्रामाटिक विषयवस्तुमा बनेको चलचित्र हो तर साथै यो चलचित्रले चिकित्सकको आफ्नो कामप्रतिको निष्ठालाई प्रस्तुत गरेको छ।

डा. धर्मेस (राजेन्द्र कुमार) आफ्नो रोगीको लागि मात्रै बाँचेका हुन्छन्। उनी आफ्नो टुटेको मुटुलाई सम्हाल्दै हुन्छन् किनभने उनकी प्रेमीका सीता (मिना कुमारी) ले शहरकै धनाढ्य व्यापारी राम (राज कुमार) सँग विवाह गरेकी हुन्छन्।

रामलाई क्यान्सर हुन्छ र धमेशको अस्पतालमा उपचारको लागि आएका हुन्छन्। सीता रामको लागि धर्मेश सही चिकित्सक हुन् वा हैनन् भन्नेमा पक्का हुँदिनन्। उनलाई लाग्छ, धर्मेशको भावना उपचारका क्रममा अगाडि आउँछ। धर्मेशले सीतालाई गलत सावित गर्न काममा निष्ठापूर्वक लागेर दिन रात रामको उपचार गर्छन्। यही समयमा धर्मेशलाई हृदयघात पनि हुन्छ। धर्मेशले रामको सफलतापूर्वक शल्यक्रिया गर्छन् तर पछि धर्मेशको मृत्यु हुन्छ। पछि सीता र रामले धर्मेशको नाममा अस्पतालको स्थापना गर्छन् ।

४) खामेसी (१९७०)
यो कथामा चिकित्सक हैन, नर्स अग्रपक्तिमा छिन्। यो चलचित्र बंगाली छोटो कथामा आधारित छ, यसको शीर्षक ‘नर्स मित्र’ छ। यो कथा लेअक आशुतोष मुखर्जीले लेखेका हुन् भने पुन लेखन निर्देशक असित सेनले गरेका हुन्। यो कथामा सुचित्रा सेनको अभिनय रहेको छ।

यो एउटा मार्मिक कथा हो जहाँ नर्सले मानसिक रोगीको समपर्ण सहित सेवा गर्छिन्, किनकी नर्स आफू यो समस्याबाट गुज्रिसकेकी हुन्छिन् । नर्स राधा (वहिदा रहमान) बिरामी देव कुमार (धर्मेन्द्र) लाई माया गरेर ख्याल गर्छिन् र निको बनाउछिन्।

धर्मेन्द्रलाई निको पार्न उनले आफ्नो पेशागत सीमा नाँघ्छिन्, उसँग प्रेममा पर्छिन् र देव कुमारले अस्पताल छोडेपछि टुट्छिन्। उनको नयाँ बिरामी अरुण चौधरी (राजेश खन्ना) जसलाई एक्यूट मेनिया हुन्छ।

राधाले सुरुमा अरुणको उपचार गर्न मान्दिनन् तर पछि यी दुई राम्रो साथी हुन्छन्। यी दुईले आफ्नो अनुभव साटासाट गर्छन् । अरुण विस्तारै ठीक हुन्छ तर राधाको अवस्था विग्रन्छ। किनभने अरुणले पनि राधालाई छोड्ने विचार गर्छ। अरुणले राधालाई सञ्चो हुने बेलासम्म कुर्ने वाचा भने गरको हुन्छ। यो चलचित्रमा हेमन्त कुमारको संगीत छ।

५) आनन्द (१९७१)
यो चलचित्रले चिकित्सक र क्यान्सरको बिरामीबिचको मित्रताको कथा भन्छ। यसमा दुई सुपरस्टारहरुको अभिनय छ, राजेश खन्ना र अभिषेक बच्चन। अभिषेक डा. भाष्करको भूमिकामा छन्, जो आफ्ना गरिब बिरामीको राम्रो चाहन्छन्। उनको मायालु स्वाभावले उनलाई भावनात्मक रुपमा नै बिरामीको सेवा गराउँछ । उनलाई क्यान्सरका बिरामीले मृत्युसँगको लडाई हारेको मन पर्दैन। आनन्द (राजेश) अन्तिम स्टेजको क्यान्सर भएको अवस्थामा अस्पताल पुग्छन्। यी दुई चाँडै नै राम्रो साथी हुन्छन्, आनन्द भास्करको घरमा बस्न थाल्छन् ।

यति नै बेला आनन्दले भास्करकी श्रीमतिलाई चिन्न पाउँछन्। रेनु (सुमिता सान्याल) र भास्करको सम्बन्ध चिसिएको हुन्छ। आनन्द यी दुईको सम्बन्ध सुधार्न प्रयास गर्न थाल्छन्। आनन्द आफ्नो जीवनको ६ महिना सबैको जीवनको उज्यालो प्रकाश बन्छन्।

आनन्द रहदैनन् तर भास्करलाई पाठ सिकाउँन चुक्दैनन् की मृत्यु र जीवनलाई अति संवेदनशील तरिकाले लिन हुँदैन। यो चलचित्रले क्यान्सरको रोगीको उपचारमा संलग्न चिकित्सकको मेहनत, लगनशीलता र प्रयास अनुभूत गराउँछ।

६) एक डाक्टरकी मौत सन् १९९०
यो वास्तविक जीवनको कथा हो, यो चलचित्रलाई अभिनेता पंकज कपूरको सबैभन्दा उत्कृष्ट चलचित्र मानिन्छ। उनले यस चलचित्रमा निष्ठावान अनुसन्धानकर्ताको भूमिका निभाएका छन्, जसले आफ्नो र आफ्नो परिवारको जीवन दाउमा लगाएका छन् । उनले लामो अनुसन्धानपछि कुष्टरोग विरुद्धको ‘भ्याकसिन’ पत्ता लगाएका छन्।

तर जो सत्तामा बसेका छन्, तीनले उनको जीवनलाई नर्कतूल्य बनाइदिएका छन्। जब एक अमेरिकी वैज्ञानिकलाई यो औषधि आविष्कारको श्रेय दिइन्छ, अपमान चोटमा परिणत हुन्छ। त्यसपछि उनी एक गाउँमा गएर बस्छन्, त्यही उनलाई विदेशको एक संस्थाले अनुसन्धानको लागि बोलाउँछ, जहाँ ज्यान लिने जोखिमयुक्त रोगको उपचारका लागि औषधिको खोजी हुन्थ्यो।

डा‍. पंकज कपूरले आफ्नो पेशा र कर्मसँग नै विवाह गर्छन् र निष्ठापूर्वक आफ्नो काम गर्छन्।

(यो सामग्री देश सत्र्चारबाट साभार गरिएको हो।)

Kantipath Media

यो छुट्टाउनु भो कि..