सामाजिक संञ्जालमा गफ दिएर समाज सेवा हुँदैन : सांसद आशा विक

बझाङका प्रतिनिधी सभा सदस्य माननिय आशा विकले आफुमाथी सामाजिक संञ्जालमा गरिएको आलोचनाप्रति आपत्ती जनाउनु भएको छ ।

विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागी ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाउनु भएको थियो ।

चिन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डर मध्ये विकको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका हुन ।

काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नु पर्ने भएपनि जिम्मेवार ब्यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पु¥याइएको सांसद विकले बताउनु भयो । काठमाडौंबाट जिल्लाका लागी पठाउने सिलिण्डर धनगढी वा नेपालगञ्ज झार्नेबारेमा जिल्ला अस्पताल बझाङका डा. सन्दिप ओखेडासँग कुरा भएको थियो । उहाँले जिम्मेवार ब्यक्ति कोही नभएकाले सिधै बझाङ पठाउन र पछी जिल्ला बाटै ब्यबस्थापन गर्ने बताएपछी खाली सिलिण्डर बझाङ पठाएको हो ।“

बिकले भन्नुभयो कोरोना महामारीले देशमा नागरिकको मृत्यु भइरहेको छ । यो अवस्थामा सामाजिक संञ्जालमा गफ दिएर समाज सेवा हुदैन । अहिलेको यो अवस्थामा बिरामीलाई सहयोग गरे पो समाज सेवा हुन्छ । गफ चुट्नुभन्दा नागरिकका अक्सिजनका लागी सहयोग गर्दा भयो नि ।”

‘काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पु¥याएका सिलिन्डर खाली भेटिए’ भन्दै समाजमा भ्रम सिर्जना गर्न र ब्यक्तिगत इगो साध्नका लागी केही सिमित मान्छेले सामाजिक संञ्जालमा बद्नाम गर्न खोजिएको भन्दै यस्ता भ्रमसहितका सामाग्रीप्रति खेद प्रकट गर्नु भएको छ । बिकले देशभर कोरोना महामारीले आक्रान्त भएर समन्वय तथा सहयोगको खाँचो परेको वेला उल्टै मान्छेलाई बदनाम गर्न खोजिएको छ । यो समाज र ब्यक्ति दुवैका लागी ठिक नभएको समेत बताउनु भएको छ ।

यता जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दीप ओखेडाले सांसद विक र आफुले सल्लाह गरेर नै खाली सिलिण्डर बझाङ झार्ने सहमती भएको बताउनु भएको छ । डा. ओखेडाले भन्नुभयो, “सिलिण्डर बझाङ पुगेपछी जिल्ला अस्पतालको समन्वयमा अक्सिजन भर्नका लागी लैजाने सहमती भएको हो । माननिय ज्यूले पठाएका सिलिण्डर आजभोलि नै भर्नका लागी नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।”

गएको आइतबार सांसद विकले स्वास्थ्य विभाग टेकुबाट ४० लिटर क्षमताका ७ थान सिलिण्डर, इन्फ्रारेड थर्मोमिटर १० थान, गाउन २०० थान, एन ९५ मास्क २०० थान, सर्जिकल मास्क २ हजार थान, पञ्जा १२ जोर, गमबुट १२ जोर, सेनिटाईजर २० लिटर, फेस सिल्ड १०० थान पठाउनु भएको थियो ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..