कांग्रेस उपसभापति गच्छदार अझै फरार : विशेष अदालतमा उपस्थित भएनन्

special court bijay gachchdar

ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाली कांग्रेस उपसभापति एवं निलम्बित सांसद विजयकुमार गच्छदारको घरमा म्याद टाँस भएको आज एक महिना पुगेको छ । तर उनी अहिलेसम्म विशेष अदालतमा हाजिर भएका छैनन् ।

सांसदबाट निलम्बित विजय गच्छदार

पूर्व उपप्रधानमन्त्रीसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

विजय गच्छदारको सुरक्षामा खटिएका सशस्त्रका सुरक्षाकर्मी फिर्ता

special court bijay gachchdarनेता गच्छदारको सुनसरीस्थित घरमा २०७७ साल फागुन २३ गते म्याद टाँस गरिएको थियो।

भ्रष्टाचार मुद्दामा हाजिर हुन जारी भएको म्याद टाँस भएको एक महिनाभित्र विशेष अदालतमा उपस्थित हुनुपर्ने भए पनि उनी अहिलेसम्म हाजिर भएका छैनन् ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार गच्छदारको घरमा म्याद टाँस भएको आज एक महिना पुग्दैछ । मुद्दा दर्ता भएको एक महिनामै सुनसरी जिल्ला अदालतमा म्याद तामेली गर्नका लागि पत्र पठाइएको थियो।

त्यस बीचमा अदालतले दुईपटक औपचारिक रूपमा पत्र लेखेर नै तामेलीका लागि ताकेता गरिएको थियो । कोरोना संक्रमणका कारण त्यसबखत म्याद तामेल हुन सकेको थिएन ।

त्यसपछि अदालतले उनको घरदैलोमा गएर २०७७ साल फागुन २३ गते म्याद टाँस गरेको थियो । ‘म्याद टाँस भएको ३० दिनको आज सकिदैछ, आज पनि उपस्थित भएनन् भने कानुनबमोजिमका प्रक्रिया अघि बढनेछ’, प्रवक्ता पाण्डेले भने । यद्यपि आफू बसेको स्थानमा नभइ अन्यत्र म्याद तामेल गरेको भनेर गच्छदारले म्याद तामेली नै बदर गराउनेतर्फ जानसक्ने उनका निकट एक कानुन व्यवसायीले बताए ।

पुख्यौली घरमा गरिएको म्याद तामेलीबारे आफूलाई थाहा नभएको र आफू राजधानी काठमाडौंमै बस्दै आएको भनेर गच्छदारले म्याद तामेली बदर गराएर पुनः तामेलीको लागि आदेशको मागसहित अदालतमा निवेदन दिने बाटो रहेको उनले जानकारी दिए ।

अदालतमा उपस्थित नभएका गच्छदार दिनहुँजसो काँग्रेसको विभिन्न कार्यक्रममा सरिक हुँदैआएका छन् । उनले आफ्नो अनुकूलको समय पर्खिरहेका निकट स्रोतले जनाएको छ ।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री रहेका बेला गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न भूमिका खेलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध एक करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदावीसहित २०७६ माघ १० गते अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

यसै प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप वस्न्यात मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा छन् ।

यस्तै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने अख्तियारको निर्णयविरुद्ध दायर रिट सर्वाेच्चमा विचाराधीन छ । त्यस रिटमा सर्वाेच्चले मन्त्रिपरिषदको तत्कालीन निर्णयसहित मिसिल कागजात मगाउने आदेश गरेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..