सीआइबीको एक्सन : कपडा खरिदमा घोटाला गर्ने मुन्का पक्राउ

sahakul news kjlklklklk

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले नेपाल प्रहरी लगायत सुरक्षा निकायमा लत्ताकपडा लगायतका सामान आपूर्ति गर्ने ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई प्रहरी संगठनको बदनाम गरी ठगी गरेको आरोपमा सोमबार पक्राउ गरेको छ ।

मुन्काको क्राउन टेक्सटाइल इन्डष्ट्रिज प्रालिले आर्थिक बर्ष २०७३/७४ मा नेपाल प्रहरीमा २० हजार मिटर ऊलन पाइन्टको कपडा आपूर्तिको ठेक्का पाएको थियो । उनले गुणस्तर परीक्षणका लागि भारतको एसजीएसमा पठाउँदा सरकारी छाप किर्ते गरेको अभियोग लागेको छ ।

मुन्काको कपडाको गुणस्तर परीक्षणका लागि उनाको कम्पनी क्राउन टेक्सटाइलका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहबरमा प्रहरीले २०७७ साउन ३० मा एसजीएस चेन्नई भारतमा पठाएको थियो । २ दिनपछि २०७७ साउन ३० मा मुन्काले डीएचएलमार्फत प्रहरीको भण्डार शाखाका डीएसपी मदन केसीको नाम, इमेल ठेगाना राखी कपडाको दोस्रो नमूना टेष्टका लागि पठाएको खुलासा भएको थियो ।

मुन्काले कपडाको गुणस्तर टेष्ट गर्न पठाउँदा नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको नाम, मोवाइल तथा इमेल ठेगानासमेत उल्लेख गरी डीएचएल कुरियर सेवामार्फत् पठाएकाले उनलाई पक्राउ गरिएको डीआइजी सहकुल थापाले जानकारी दिए।

जालसाजी गरेको खुलेपछि छानबिन पश्चात मुन्कालाई पक्राउ गरेको सीआइबीले जनाएको छ । मुन्कालाई मुलुकी अपराध संहिता २०७४ को ठगी अन्तर्गको कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको थापाले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..