खोलाले बगायो ४ जना, एक जनाको उद्धार

photo kantipath1

हेटौँडाको राप्ती खोलाले बगाएको एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय मकवानुरले उद्धार गरेको छ ।

आज विहान खोलाले बगाएको परिचय समेत नखुलेकी एक जनाको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

४ जनाको समुहमा रहेका उनीहरु मध्ये १ जनाको उद्धार भएपनि थप ३ जना भने फेला पर्न सकेका छैनन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी उपरिक्षक सिंहले बताए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..