कोरोना संक्रमितको उपचारका लागि डाक्टर र स्वास्थ्य सामग्रीसहित गोरखा पुगे नारायणकाजी

गोरखामा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ संक्रमितको पहिचान, उपचार र परामर्शका लागि चिकित्सकको टोलीसहित गोरखा पुगेका छन्।

सोमबार गोरखा पुगेको श्रेष्ठ नेतृत्वको टोलीले जिल्लाको पालुङटार नगरपालिकाबाट आफ्नो सेवा सुरु गर्नेछ। दुई जना एमबीबीएस चिकित्सक, प्रयोगशाला प्राविधिक र केही स्वयंसेवक युवाहरु लिएर श्रेष्ठ गोरखा पुगेका हुन्। उनले यसअघि गोरखा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि पनि सक्रियता देखाएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..