फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी थापाको तस्विर भाइरल

पछिल्लो समय विश्वभरि चलेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको त्राससँगै नेपालमा पनि विभिन्न दुखद् र अमानवीय क्रियाकलापहरू समेत भएको देखिन्छ । कोभिडले थलिएको अहिलेको अवस्थामा मानवता भुलेर ज्यान जोगाउन विभिन्न हर्कत हुने गरेको देखिन्छ ।

भाइरसविरूद्ध अग्रपङ्तिमा काम गर्ने चिकित्सक, नर्स र अस्पतालका कर्मचारीहरूलाई हौसला दिनुको साटो उल्टै उनीहरूको मनोबल गिराउने खालका कामहरू भएको पाइन्छ । जसले गर्दा कोभिडविरूद्ध ध्यान केन्द्रित गर्नुपर्ने बेलामा उनीहरू तपसिलका समस्यामा अल्झिनु परिरहेको छ ।

कोभिड अन्य मान्छेजस्तै स्वास्थ्यकर्मीहरूको लागि समेत प्राणघातक रोग हो । बाह्य मुलुकमा स्वास्थकर्मीहरूले कोभिडविरुद्ध लड्दालड्दै ज्यान गुमाएको समाचारले अचानक मनमा बेचैनी र थप पीडा बढेर जान्छ । बाहिरको घटना सुन्दा घरमा भएका आमा बाबु र परिवारका श्रीमान्, छोराछोरीको मायाले झनै मनलाई विक्षिप्त बनाइदिन्छ ।

अहिले सामाजिक सञ्जाल एउटा भिडियाे र तस्विर भाइरल बनेकाे छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे कोरोना भाइरस कालमा धेरै तस्विर एवं भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेका थिए ।

प्रमुख नरेन्द्र थापा

अहिले पनि त्यस्ता तस्विर एवं भिडियोहरु आउँने गरेका छन् । हिजाे मात्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्वास्थ्य सुरक्षा सामाग्री बाेकेर बाइकसहित खाेला तर्दै गरेकाे एक कर्मचारीकाे तस्विर खुबै सेयर गरिरहेका छन् ।

No description available.
स्वास्थ्य चाैकीमा खाेप लगाउनेकाे भिड

जहाँ इच्छा त्यहाँ उपाय उखान धेरैको मुखैमा झुण्डेको हुन्छ । कोरोना महामारीपछि यसको व्यवहारिक रुप पनि देख्न पाइयो ।

उक्त भाइरल भिडियाे र तस्विर बझाङकाे हाे । जिल्ला बझाङकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ५ गाेलाई गाड (खाेला) तर्दै  स्वास्थ्य सुरक्षा सामाग्रीसहित बाेकेर मोटरसाइकिलमा देखिएका व्यक्ति काे भनेर खाेजि गर्दा अन्तमा जयपृथ्वी नगरपालिका वडा नम्बर ५ (लुयाँटा) स्वास्थ्य चाैकीका प्रमुख नरेन्द्र थापा भएकाे पुष्टी भएकाे छ ।

No description available.
खाेला तर्दै स्थानीयवासी

प्रमुख थापाले दाेस्राे पटक कोरोना भाइरस (कोभिड–१९) को खाेप बाेकेर स्वास्थ्य चाैकीमा जादैं गरेकाे बताए । उनले भने बर्षायम सुरुभए संगै गाेलाई गाडमा झोलुङ्गे पुल नहुँदा स्थानीयवासीहरुलाई आवतजावत गर्न कठिनाई हुनुका साथै बालबालिकाहरुलाई समेत गाह्रो भएको छ ।

No description available.
कोमिड-१८ विरुद्धको खोप लगाउदैं स्थानीयवासी

कान्तिपथ डटकम संगै कुरा गर्दै प्रमुख थापाले भन्नुभयो, “महामारीकाबीच जोखिम मोलेर काम गरिरहेका छौं । ‘यस्तो बेला सबैभन्दा बच्चा अथवा परिवारको पिर हुन्छ हामीलाई, आफू त संक्रमित भए पनि केही छैन तर बच्चा र परिवारलाई संक्रमण हुने पिर हुन्छ, काममा जोखिम मोलेर खट्नुपर्ने स्थिति छ ।

स्वास्थ्यकर्मीको काम हो बिरामीलाई सेवा गर्ने त्यसैले आफ्नो ज्यान जोखिमा राखेर भएपनि आफ्नो सेवामा खटि्एकाे र कति दिन त   बिचबाटाे बाटै घर फर्किन बाध्य भएकाे  प्रमुख थापाले भने ।

विशेषगरी बझाङ जिल्लाका खोलाहरुमा झोलुङ्गे पुल नहुर्दा बिचबाटाेबाटै फर्केर घर गएकाे उनले गुनाेसाे गरे ।

तर यो तस्विरका कारण स्थानीय सरकारको भने खुलेर आलोचना भइरहेको छ । जतीसुकै बजेट आएपनि स्वानीयवासीहरुलाई आवतजावत गर्नलाई अहिलेसम्म एउटा झोलुङ्गे पुल बन्न सकेको छैन । बर्षै प्रत्यक लाखाैं कराैडाैंकाे बजेट आउन्छ तर त्याे बजेट का जान्छ के मा प्रयाेग हुन्छ । अहिलेसम्म खुल्ल सकेकाे छैन । यसप्रति स्थानीय सरकार माैन छ ।

त्यहाँका स्थानीयहरु बताउँछन्  हाम्राे साना साना बालबालिकाहरुलाई बर्षायम बिधालय पठाउन पनि डर लाग्छ यसप्रति स्थानीय सरकार चासाे नदेखाएपछि स्थानीयवासीहरु  निकै आक्रोशित छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..