राष्ट्रिय दलित पत्रकार संघ चितवनको अध्यक्षमा अमिर चयन

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति चितवनको अध्यक्षमा अमिर रामदाम चयन भएका छन् ।

National Dalit Journalists Association Chitwanप्रथम चितवन जिल्ला कार्यसमिति घोषण सभाले रामदामको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोपाल विश्वकर्मा, सचिवमा श्याम विश्वकर्मा, सहसचिवमा मोनिका विश्वकर्मा, कोषाध्यक्षमा प्रिति पोखरेल, सदस्यमा शम्भु विश्वकर्मा, प्रदिप परियार, सन्तोष विश्वकर्मा, भाग्यश्वरी गायक, सल्लाकारमा विजय विश्वकर्मा र कृष्ण सुनार चयन भएका छन् ।

कार्यक्रममा सांसद कृष्ण भक्त पोखरेलले धर्म शास्त्रमा कुनै जातिय विभेद नभएपनि आफुलाई उच्च बनाउन खोज्ने सोच भएका व्यक्तिहरुका कारण समाजबाट यसलाई हटाउन नसकेको बताए ।

प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समिति सभापति समेत रहेका पोखरेलले कानूनमा सबैलाई सम्मान अधिकार दिएपनि सरकारी कार्यालयमा नै दलित व्यक्ति शोषित हुने गरेको बताए ।

जातिय विभेद समाजबाट हटाउन दलित समुदायको आवाज बुलन्द गर्ने काम राष्ट्रिय दलित पत्रकार संघको मुख्य पाटो हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पाहाडीले राज्यले ध्यान नदिँदा जातिय छुवाछुत अझैँ पनि समाजमा विधमान रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय सदस्य सिर्जना अर्याल लगायतले मन्तव्य राखेका थिए ।

National Dalit Journalists Association Chitwan1राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय महासचिव लक्ष्मण दर्नाल र केन्द्रिय सदस्य बुद्धि विश्वकर्मा सहभागिता थियाे ।

सङ्घ देशभर क्रियाशील करीब १ हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०६७ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारकाे समेत स्थापना गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..