भोलि जेरी खाँदै नेकपा विवाद टुंग्याउँछौँ – उपनेता नेम्वाङ

Subash Nembangपार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि रोकिएको नेकपाका नेताहरुबीच आइतबार भएको छलफल सकारात्मक भएको देखिएको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको छलफल निष्कर्षको निकट पुगेको नेम्वाङले बताए।

‘हामी आजै निष्कर्षमा पुग्ने गरी अघि बढेका थियौँ,’ छलफलमा सहभागी नेम्वाङले भने, ‘सोमबार बिहान नौ बजे जेरी खाँदै बसेर टुंग्याउने सहमति भएको छ।’ नेता नेम्वाङका अनुसार लामो समयपछि दुई अध्यक्षद्वयबीच खुलेर र गहन रुपले कुराकानी अघि बढेको थियो। ‘दुवै अध्यक्षबीच लामो समयदेखि हार्दिकता पूर्वक छलफल भएको छ, दुवै जनाबीच आपसमा छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको छ,’ नेम्वाङले जानकारी दिए।

Kantipath Media

यो छुट्टाउनु भो कि..