प्रधानमन्त्रीबाट कसले हटाऊन खोज्यो भन्दै ओलीसंग बैठकमै घम्साघम्सी

ncp standing committee meeting 4 gpuGPBXjwc

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो दिनको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएको छ । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य मामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् ।

उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीले आधारहीन टिप्पणी गरेको आशयसहित प्रमाण खोजेको जानकारी दिए ।

उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्ने भन्दै यसप्रति सचेक हुन जरुरी रहेको समेत धारणा राखेका थिए । बैठकमा बोल्दै शीर्ष नेताहरुले ‘सरकार ढलाउन दूतावास सक्रिय भएको हो या अरु कोही ?’ भन्ने प्रश्न समेत ओलीसमक्ष राखेका थिए । चार नेताले बोल्दा ओली बैठकमा सहभागी रहेका थिए भने चिया ब्रेकपछि सुरु भएको बैठकमा भने ओली सहभागी नरहेको बताइएको छ । नेताहरुले प्रश्न उठाएपछि ओलीलाई बैठकलाई स्पष्ट जानकारी दिनुपर्ने दवाव बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकै बेला स्थायी समिति बैठकमा पनि यस विषयले प्रवेश पाएको हो ।

आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको उनको भनाइ थियो । खासगरी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई संविधानमा समेत समेटिएका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप उनले लगाएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..