माधव नेपाललाई रातारात प्रचण्ड निवासमा लागिएको महेश बस्नेतको आरोप

नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । उनले ओलीले गरेको एकता प्रयासलाई माधव नेपाल पक्षधरका केही नेताहरुले सकारात्मक रुपमा लिएको सुनाए ।

तर, केही नेताहरुले भने ओलीले एकता आह्वान गरेकै दिन राति माधव नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पुर्याएको पनि बस्नेतले खुलासा गरे । उनले भने,‘यो भन्दा अगाडि युवराजजीले धेरै कुरा राख्नुभयो, जसको बदनियत के छ ? भन्ने कुरा ईन्टरभ्यु सुन्दापनि हुन्छ । पत्रकार ऋषि धमलासँग नेपाली वहसमा कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, प्रधानमन्त्रीज्यूले जब आह्वान गर्नुभयो, त्यसपछाडि माधव नेपाललाई उहाँहरुले प्रचण्डको घरमा राति पुर्याउनुभयो । राति साँढे १०, ११ बजे । त्यसपछि उहाँहरुले हिजो दिउँसो शेरबहादुर देउवाको घरमा प्रचण्डको गाडी चढाएर लुकाएर पठाउनुभयो । अहिलेसम्मको घट्नाक्रम हेर्नुहोस, शेरबहादुर देउवाजी प्रचण्ड र माधव नेपाल दुवैको घरमा अहिलेसम्म जानुभएको छैन् ।’

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..