सेनाका आठ पृतना आजदेखि खारेज

नेपाली सेनाले काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका छन्।

अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन्। यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ। कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौं उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य-कमाण्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..