भारतले ४ दिनसम्म बैतडीको झुलाघाट नाका बन्द गर्ने

NEPAL Baitadi NAKA BANDA INDIA KANTIPATHबैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन सम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..